प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम गर्न व्यवसायीहरूको माग

नेपालभ्युज

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम गर्न व्यवसायीहरूको माग

काठमाडौं। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाममै कायम रहनुपर्ने माग राखेर व्यवसायीहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन्। जनकपुर उद्योग वाणिज्य संघले बुझाएको ज्ञापन पत्रमा राजधानी तोकेर छिटो निकास दिनु जरुरी रहेको उल्लेख गरिएको छ।

प्रदेशको भौगौलिक परिवेश, ऐतिहासिक पृष्ठभूमि र प्रदेशका जनताको पहुँच समेतको दृष्टिकोणले जनकपुरधामलाई नै राजधानी घोषणा गरी निकास दिनेतर्फ कदम चाल्न आग्रह गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले ज्ञापन पत्र बुझ्दै नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने बताए। संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुई तिहाई बहुमतले नै निर्णय गर्ने उनले जनाए।

संघका महासचिव मनोजकुमार साहले जनकपुरधामलाई राजधानी नतोक्न षडयन्त्र भइरहेकाले ज्ञापनपत्र बुझाएको बताए । उनले सबै राजनीतिक दलको संसदीय दलका नेता समेतलाई ज्ञापन बुझाइने बताए।
आज बसेको प्रदेश सभा बैठकमा संसदीय समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ भने अहिलेलाई केही समय सम्मका लागि बैठक स्थगित गरिएको छ।

त्यसैगरी, अर्कोतर्फ प्रदेश २को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोल स्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आइतबार बिहान युवाहरुले धर्ना दिँदै प्रदर्शन गरेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले ूवीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावादू लगायतका नारा पनि लगाएका थिए। प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ। प्रदेश राजधानीका लागि अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगन्जगरी दुईवटा फरक फरक प्रस्ताव दर्ता भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved