विवेकशील साझाले भन्यो- लिपुलेकबारे मोदीको अभिव्यक्तिमा सरकार मौन बस्नु आपत्तिजनक

विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ।’

नेपालभ्युज

विवेकशील साझाले भन्यो- लिपुलेकबारे मोदीको अभिव्यक्तिमा सरकार मौन बस्नु आपत्तिजनक

काठमाडौं। विवकेशील साझा पार्टीले कालापानी, लिपुलेकबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति र नेपाल सरकारको मौनता आपत्तिजनक भएको बताएको छ।

प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवं रहस्यमय मौनताप्रति विवेकशील साझाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ।’

विवकेशील साझाले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने पनि उल्लेख गरेको छ।

‘नेपाली भू–भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved