स्याङ्जामा दोहोरो नागरिकता बनाउन सिफारिस गरेका वडाध्यक्षविरुद्ध मुद्दा

नेपालभ्युज

स्याङ्जामा दोहोरो नागरिकता बनाउन सिफारिस गरेका वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौं। नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ। नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो। नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ।

स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार घुस लिएको फेला परेको छ। स्याङ्जाको भिरकोट नगरपालिका-९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बदनियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगले आज वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसार कारबाही माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved