२२ वर्षदेखि बन्द मझगाउँ विमानस्थलको मन्त्री आलेले गरे शिलान्यास

२०६५ सालमा मझगाउँ विमानस्थल बन्द भएको थियो। विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो।

२२ वर्षदेखि बन्द मझगाउँ विमानस्थलको मन्त्री आलेले गरे शिलान्यास

धनगढी। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मझगाउँ विमानस्थलको शिलान्यास गरेका छन्। विमास्थलमा भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले बुधबार शिलान्यास गरेका हुन्।

शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनःनिर्माण हुने भएको छ। मझगाउँ विमानस्थलमा १ हजार ५०० मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुनेछन्।

नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरी ठेक्का सम्झौतासमेत गरेको छ। निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ।

विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहनेछ।

२०६५ सालमा मझगाउँ विमानस्थल बन्द भएको थियो। विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो।

त्यतिबेला सातामा एक पटक काठमाडौं पनि उडान हुने गरेको स्थानीय बताउँछन्। सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved