पशुपति धर्मशालाको आनन्द होटल सञ्चालनबारे अध्ययन गर्दै पर्यटन मन्त्रालय

बतास समूहले धर्मशालामा आनन्द होटल सञ्चालन गरेको विषय विवादमा आएपछि उक्त निर्णयका विषयमा छानविन गरी प्रतिवेदन बुझाउन मन्त्रालय लागेको हो। निर्णय हुँदा कोषाध्यक्ष रहेका डा. थापा हाल पशुपति विकास कोषका सदस्य सचिव छन्।

नेपालभ्युज

पशुपति धर्मशालाको आनन्द होटल सञ्चालनबारे अध्ययन गर्दै पर्यटन मन्त्रालय

काठमाडौं। पशुपतिनाथ मन्दिरमा भारतले निर्माण गरेको धर्मशालालाई होटलका रुपमा सञ्चालन गर्न दिने आदेशको छानविन हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धर्मशालामा होटल सञ्चालन गर्ने दिने विषय उपर छानविन गर्न एक कार्यदल निर्माण गरेको छ।

पशुपति विकास कोषको कोषाध्यक्ष हुँदा डा.मिलनकुमार थापा धर्मशालालाई होटका रुपमा सञ्चालन गर्ने दिने अध्ययन समितिको संयोजक थिए। उनै थापाको संयोजकत्वमा गठन भएको समितिले धर्मशालालाई होटलका रुपमा सञ्चालन गर्न दिन सुझाव दिएको आरोप छ।

हाल बतास समूहले धर्मशालामा आनन्द होटल सञ्चालन गरेको विषय विवादमा आएपछि उक्त निर्णयका विषयमा छानविन गरी प्रतिवेदन बुझाउन मन्त्रालय लागेको हो। निर्णय हुँदा कोषाध्यक्ष रहेका डा. थापा हाल पशुपति विकास कोषका सदस्य सचिव छन्।

विवादका विषयमा प्रश्न गर्दा डा. थापाले मन्त्रालयले छानविन गर्ने र एक हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्ने हुँदा आफू यस विषयमा नबोल्ने बताएका छन्।

“विवादका विषयमा मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ। त्यसले आफ्नो प्रतिवेदन सार्वजनिक एक हप्ताभित्र गर्छ,” थापाले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved