नेपाल फर्मा एक्स्पो दुई महिना पछि सर्‍यो

नेपालभ्युज

नेपाल फर्मा एक्स्पो दुई महिना पछि सर्‍यो

काठमाडौं। कोरोना संक्रमित बढेपछि ‘नेपाल फर्मा एक्स्पो –२०२२’ निर्धारित मितिभन्दा दुई महिना पछि सरेको छ। फागुनमा हुने भनिएको एक्स्पो सारिएको हो।

नेपाल औषधि उत्पादक संघ (एपोन)ले एक्स्पोको मिति सार्दै वैशाखमा पु¥याएको छ। एपोनले यसअघि ६ देखि ८ फागुनमा एक्स्पो गर्ने तयारी अगाडि बढाएको थियो। तर कोरोनाका कारण उक्त समयमा गर्न लागिएको एक्स्पो सार्दै वैशाख ९ देखि ११ गतेलाई नयाँ मिति तोकिएको छ।
एपोनका पूर्व अध्यक्ष तथा एक्स्पोका प्रमुख संयोजक जी नारायणबहादुर क्षेत्रीले मंगलबार विज्ञप्ति जारी गर्दै एक्स्पो निर्धारित मिति भन्दा दुई महिना पछि सारिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको र संक्रमण तीब्र रुपमा बढेका कारण एक्स्पोको मिति सारिएको उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved