भारतका रक्षामन्त्री राजनाथ सिंहमा देखियो कोरोना संक्रमण

नेपालभ्युज

भारतका रक्षामन्त्री राजनाथ सिंहमा देखियो कोरोना संक्रमण

एजेन्सी । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हल्का लक्षण देखिएपछि चेकजाँचका क्रममा उनलाई कोरोना पुष्टि भएको हो।

अहिले आफु होम क्वारेन्टाइनमा रहेको जानकारी उनले दिएका छन्। त्यस्तै आफुसँग निकटको सम्पर्कमा आएकाहरूलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। यसअघि भारतका केन्द्रीय राज्यमन्त्री राजिव चन्द्रशेखरलाई पनि कोरोना देखिएको थियो।

त्यस्तै, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र राजस्तानका मुख्यमन्त्री अशोक गेहलोतमा पनि कोरोना देखिएको छ। भारतमा सोमबार १ लाख ७९ हजार कोरोना देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved