ओमिक्रोनपछि डेल्टाक्रोनको त्रास, साइप्रसमा भेटिए संक्रमित

नेपालभ्युज

ओमिक्रोनपछि डेल्टाक्रोनको त्रास, साइप्रसमा भेटिए संक्रमित

एजेन्सी। डेल्टा र ओमिक्रोन स्वरुप मिलेर बनेको कोरोना भाइरसको नयाँ भेरिएन्ट साइप्रसमा पहिचान भएको छ। युनिभर्सिटी अफ साइप्रसका बायोलोजिकल साइन्सका प्राध्यापक लियोनडियोस कोस्ट्रिकिसले यसलाई ‘डेल्टाक्रोन’ नाम दिएका छन्। किनकी, यसमा डेल्टाको जिनोम्समा ओमिक्रोनजस्तै जेनेटिक सिग्नेचर भेटिएको छ।

रिपोर्टअनुसार कोस्ट्रिकिसको टिमले डेल्टाक्रोनका २५ जना संक्रमित भेटिसकेको छ। यसका अझै कति संक्रमित छन् र यसको प्रभाव के पर्छ भन्ने विषय भने खुलाइएको छैन। यसको प्रभावबारे अहिल्यै बोल्नु हतारो हुने कोस्ट्रिकिसले बताए। ‘डेल्टा र ओमिक्रोनको दाँजोमा परिवर्तित स्वरुप थप प्राणघातक छ वा थप संक्रामक छ? यो भविष्यमा नै देखिनेछ,’ शुक्रबार सिग्मा टिभीसँगको अन्तर्वातामा उनले भने।

ओमिक्रोन भेरिएन्ट विश्वव्यापी रुपमा तिव्र फैलिरहेका बेला डेल्टाक्रोन नयाँ खतराका रुपमा देखिएको हो। डेल्टा र ओमिक्रोनका कारण सिर्जित लहरबाट अमेरिका दैनिक ६ लाखभन्दा धेरै मानिस संक्रमित भइरहेका छन्। त्यस्तै, भारतमा शनिबार १ लाख ४१ हजारभन्दा धेरै मानिस संक्रमित भए। जर्मनी,फ्रान्स, बेलायत, रुसलगायत युरोपेली देशमा पनि संक्रमणका घटना बढेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved