मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

नेपालभ्युज

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेलीलाई उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मान गरिएको छ।

काठमाडौंमा विशेष समारोहबीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकहरुलाई धन्यवाद दिइन्। अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताउँदै सीईओ खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने बताइन्।

सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीईओ हुन्। उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएकी थिइन्। उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्। स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित छ।

सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गर्नुभएकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved