एमालेको जिल्ला अधिवेशन आज

एमालेको १०औँ महाधिवेशन गत मङ्सिरमै सकिए पनि जिल्ला अधिवेशन आज हुन लागेको हो। अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

नेपालभ्युज

एमालेको जिल्ला अधिवेशन आज
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जिल्ला अधिवेशन आज (शुक्रबार) देशभर गर्दैछ। एमालेको १०औँ महाधिवेशन गत मङ्सिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ आज हुन लागेको हो। अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। ओलीले उद्घाटन बिहान ११ बजे केन्द्रीय कार्यालयबाट गर्नेछन्। जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ।

केही हिमाली जिल्लाबाहेक सबैको अधिवेशन आजै हुने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। मौसम चिसो भएकाले हिमाली केही जिल्लामा पछि अधिवेशन हुनसक्ने छ।

उता, प्रदेश २ का केही विवादित जिल्लामा अधिवेशन पछि हुने बताइएको छ। एमाले सचिव एवं प्रदेश २ इन्चार्ज रघुवीर महासेठले आफूखुसी सदस्य मनोनीत गर्न थालेपछि विवाद चर्किएको छ।

यस्तै प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ। यसैबीच, एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा ‘सर्कुलर’ गरेको छ।

कमिटीसम्बन्धी मापदण्डअनुसार पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ। त्यस्तै, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved