कमेडी च्याम्पियनका प्रतिस्पर्धीसँग कमेडी क्लब विथ च्यम्पियन्स’

कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई, उमेश राई (फुलन्देकी आमा), मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ।

नेपालभ्युज

कमेडी च्याम्पियनका प्रतिस्पर्धीसँग कमेडी क्लब विथ च्यम्पियन्स’

काठमाडौं। हास्य व्यंग्य विधाको नयाँ रियालिटी शो आउने भएको छ।

की इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा कमेडी क्लब विथ च्यम्पियन्स नामको हास्य व्यंग्य विधाको नयाँ रियालिटी शो उत्पादन तथा प्रशारण गर्ने भएका हुन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै की इन्टरटेन्मेन्टले कमेडी क्लब विथ च्यम्पियन्स आगामी माघ महिनादेखि हरेक सोमबार नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको बताएको छ।

सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने कमेडी क्लब विथ च्यम्पियन्समा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरुको प्रस्तुति रहने बताइएको छ।

कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई, उमेश राई (फुलन्देकी आमा), मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ।

हाँसो र व्यंग्यमार्फत परिवार, समाज र आम जनमानसमा मनोरञ्जन प्रदान गर्ने उद्देश्य कार्यक्रमले लिएको उत्पादक की इन्टरटेन्मेन्टले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved