विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजको माग गर्दै आयोगमा उजुरी

नेपालभ्युज

विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजको माग गर्दै आयोगमा उजुरी

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। उनी असंवैधानिक केन्द्रीय सदस्य भन्दै पद खारेज गर्न माग गर्दै उजुरी उजुरी परेको हो।

उक्त पदमा आफ्नो नाम राख्न माग राखेर सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। चौधरी मधेशी कोटाअन्तर्गत उम्मेदवार थिए।

विधानमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख छ। तर चौधरीको उक्त अवधि पुग्दैन।

चौधरी २०७४ मा कांग्रेसमा प्रवेश गरेका हुन्। यसकारण केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने निवेदनकर्ताको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved