भारी हिमपात र वर्षापछि अफगानिस्तानमा संकटकाल

नेपालभ्युज

भारी हिमपात र वर्षापछि अफगानिस्तानमा संकटकाल

काठमाडौं। भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालको घोषणा गरिएको छ ।

वर्षा र हिमपातले जनजीवन प्रभावित पार्न थालेपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको अफगानिस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ । बाढी÷पहिरोले धेरैजसो सडक बन्द भएका छन्। काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। थप सङ्कटको सामना गर्न तयारीका लागि मन्त्रालयले प्रभावित क्षेत्रका प्रदेश अधिकारीलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved