देउवालाई शेखरको प्रश्नः के मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनीत भए?

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ’, कोइरालाले विज्ञप्तिमा लेखेका छन्, ‘तर, के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ?’

नेपालभ्युज

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले गरेको केन्द्रीय सदस्य मनोनयनमा प्रश्न उठाएका छन्।

डा. कोइरालाले केन्द्रीय सदस्य मनोनयनको मापदण्ड आफूहरुले जान्न चाहेको बताए। एक विज्ञप्तिमार्फत कोइरालाले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी भएको भन्दै नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्ने बताए।

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ’, कोइरालाले विज्ञप्तिमा लेखेका छन्, ‘तर, के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ?’

कोइरालाले चार बुँदे विज्ञप्ति जारी गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीमाथि प्रश्नहरु उठाएका छन्।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved