आजदेखि मौसम बदली र हिमपात

आज (बुधबार)देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ । मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको न्यूनचापीय प्रणालीको प्रभावले बदली हुने भएको हो।

नेपालभ्युज

आजदेखि मौसम बदली र हिमपात
सांकेतिक तश्वीर

काठमाडौँ। आज (बुधबार)देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ । मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको न्यूनचापीय प्रणालीको प्रभावले बदली हुने भएको हो।
यो प्रभाव शनिबारसम्म रहने मौसमविद्ले जनाएका छन् । मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ ।
महाशाखाले विशेष मौसम बुलेटिन निकालेर मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली हुने उल्लेख गरेको छ । प्रदेश १ र प्रदेश २ मा भने त्यसको आंशिक मात्र प्रभाव पर्ने आकलन गरिएको छ ।

मौसम पूर्वानुमानको परीक्षण मोडलअनुसार बुधबारेदेखि बिहीबारसम्म सबैभन्दा बढी असर सुदूरपश्चिम र कर्णालीमा पर्ने देखिन्छ । ‘वाग्मती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ । महाशाखाका मौसमविद्ले यो प्रणालीको असर आइतबारसम्म पर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved