एमालेको जिल्ला अधिवेशन तयारी तीव्र

नेपालभ्युज

एमालेको जिल्ला अधिवेशन तयारी तीव्र

काठमाडौं। नेकपा एमालेले पुस २३ गते देशभर एक साथ गर्न लागेको जिल्ला अधिवेशनको तयारी तीव्र बनाएको छ। दशौं महाधिवेशनपछि एमालेले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो। एमालेका अधिकांश जिल्लाको अधिवेशन तयारी पूरा भएकाले २३ गते उद्घाटन र पुष २४ गते नेतृत्व चयन गरिने बताइएको छ।

एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गरिसक्नु पर्ने उल्लेख थियो। सोही निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको एमालेले जनाएको छ।

अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छान्ने र जिल्लाको व्यवस्थापनको तयारी समेत सकेको एमाले केन्द्रमा रिपोर्टिङ आएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिइएको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले मातहत कमिटीलाई निर्देशन गरेको नेताहरूले बताए।

मौसमका कारण कतिपय हिमाली जिल्लामा अधिवेशन गर्न असम्भव भएमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ। मनाङ, मुस्ताङ, डोल्पा, हुम्लासहित केही जिल्लामा मौसमले प्रभाव पार्ने आकलन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved