अफगानिस्तानमा तालिबानी सत्ता फर्केसँगै पाकिस्तानमा बढ्यो आक्रमण

नेपालभ्युज

अफगानिस्तानमा तालिबानी सत्ता फर्केसँगै पाकिस्तानमा बढ्यो आक्रमण

एजेन्सी । अफगानिस्तानमा तालिबानी सत्ता फर्किएसँगै पाकिस्तानमा आक्रमणका घटना बढेका छन्। अगस्ट २०२१ मा पाकिस्तानमा सबैभन्दा धेरै आक्रमणका घटना घटेको पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडिजले सार्वजनिक गरेको नयाँ रिपोर्टमा उल्लेख छ।

यो त्यही समय हो, जतिबेला तालिबान अफगानिस्तानको सत्तामा फर्किएको थियो। अगस्टमा ४५ वटा आतंककारी हमला भएको रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार २०२१ मा प्रतिमहीना औसत २५ वटा हमला भएका छन्। जो, २०१७ यताकै उच्च हो। यसअघि २०२० मा प्रतिमहीना १६ वटा हमला भएका थिए।

यस अवधिमा बलुचिस्तान प्रान्तमा सबैभन्दा धेरै आक्रमण भएको रिपोर्टमा उल्लेख छ। बलुचिस्तानमा २०२१ मा कुल १ सय ३ हमला भए, त्यसमा १ सय ७० जना मारिए। रिपोर्टअनुसार सबैभन्दा धेरै घाइते पनि बलुचिस्तानमै छन्।

विशेषज्ञहरुले अफगानिस्तानमा फर्किएको तालिबानी सत्ताका कारण यस्तो स्थिती सिर्जना भएको बताएका छन्। सन् २००१ मा अमेरिकाले सत्ताच्युत गरेको तालिबानले लामो संघर्षपछि अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved