राष्ट्रिय सभाको चुनावी प्रक्रिया शुरु हुँदै

नेपालभ्युज

राष्ट्रिय सभाको चुनावी प्रक्रिया शुरु हुँदै

काठमाडौं। राष्ट्रिय सभाको चुनावी प्रक्रिया आज (शनिबार) देखि शुरु हुँदैछ। १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज शूरु हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार शनिबार मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन्। पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

राष्ट्रिय सभा निर्वाचनमा पालिका तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन् । त्यस्तै‚ मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रिय सभा चुनावमा भाग लिन १२ दल दर्ता भएका छन् ।
फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनीत एक जनाको कार्यकाल सकिदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved