देशभर आंशिक बदलीको संभावना

आज (शनिबार) राति देशभर आंशिक बदलीको संभावना रहेको मौसम विज्ञान विभाग अन्तरगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

देशभर आंशिक बदलीको संभावना

काठमाडौं। आज (शनिबार) राति देशभर आंशिक बदलीको संभावना रहेको मौसम विज्ञान विभाग अन्तरगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदलीको संभावना रहेको महाशाखाले जनाएको छ।

हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशभर आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved