दर्पण २०२१

कोभिड कहरबाट तंग्रिँदै छ विश्व खेलकुद

अघिल्लो वर्षबाट सारिएका प्रायः सबै विश्व खेलकुदका कुम्भ मेला ओलम्पिकसँगै अन्य ठूला प्रतियोगिताहरू सफल रूपमा आयोजना भएकाले सन् २०२१ लाई खेलकुदका हिसाबले सफल वर्ष मान्न सकिन्छ।

कोभिड कहरबाट तंग्रिँदै छ विश्व खेलकुद

काठमाडौं। वर्ष २०२० मा विश्वका सबैजसो क्षेत्रलाई कोभिडले ठप्पप्रायः बनाएको थियो। त्यो वर्ष पूरै विश्व कोभिड-१९ रूपमाी हाउगुजीबाट त्रसित थिए। मानिसका लागि अर बाँकी चिजभन्दा पनि आफ्नो जीवन रक्षा गर्नु नै ठूलो कुरो बनेको थियो।

विस्तारै मानिस कोभिडसँग अभ्यस्त हुँदै गए। भ्याक्सिन प्रयोगमा आउन थालेपछि मानिसलाई अबचाहिँ बाँचिन्छ भन्ने आशा लाग्न थाल्यो। यसपछि सन् २०२० मा थलिएको विश्व २०२१ मा चलायमान हुँदै गयो।

२०२० मा वर्षभरि जस्तो लकडाउन, निषेधाज्ञा र एक ठाउँबाट अर्को ठाउँमा जान नसकिने भएपछि खेलकुद गतिविधि पनि बन्द नै थियो।
टोकियो ओलम्पिक, टी-ट्वान्टी विश्व कप, युरोकप, साफ च्याम्पियनसिप फुटबलजस्ता त्यो वर्ष हुने तय भएका सबै ठूला प्रतियोगिताहरू सन् २०२१ लाई सारिएको थियो।

यसपछि अन्य क्षेत्र जस्तै अघिल्लो वर्षमा थला परेको विश्व खेलकुद क्षेत्रले सन् २०२१ मा फेरि उठ्ने प्रयास गरेको छ। यो वर्ष पनि कोभिडको कहरले खेलकुदलाई पूरै फुकुवा भएर सञ्चालन हुन त दिएन।

तर भूगोल, प्रतियोगिता र खेलको प्रकृतिलाई हेरेर विश्व खेलकुद समुदायले आवश्यकताअनुसार विभिन्न कोभिड प्रोटोकलहरू बनाए र त्यसैअनुरूप रहेर खेलकुदलाई सकेसम्म चलायमान बनाए।

अघिल्लो वर्षबाट सारिएका प्रायः सबै विश्व खेलकुदका कुम्भ मेला ओलम्पिकसँगै अन्य ठूला प्रतियोगिताहरू सफल रूपमा आयोजना भएकाले सन् २०२१ लाई खेलकुदका हिसाबले सफल वर्ष मान्न सकिन्छ।

वर्षको शुरु शुरुमा ठूलाठूला प्रतियोगिता पनि बिनादर्शक भए पनि सञ्चालन गरिएको थियो। विश्व खेलकुदको सर्वाधिक सम्मानित खेलकुद मेला ओलम्पिकलाई पनि जापानले बिनादर्शक आयोजना गरेको थियो। त्यस्तै युरोपका ठूला घरेलु लिग फुटबल पनि शुरुमा बिनादर्शक खेलाइयो। हाल भने कोभिडको प्रभाव हेरि आवश्यक स्वास्थ मापदण्ड अपनाएर प्रतियोगिताहरूमा सीमित तथा पूरा दर्शकको सहभागिता रहन्छ।

यता खेलाडीहरूलाई पनि कोभिडका कारण प्रतियोगिताहरूमा सहभागिता जनाउन निकै कठिन थियो। खेलाडीहरूले एउटा प्रतियोगिता खेल्न १५ दिन लामो क्वारेन्टाइनदेखि दोहोरो क्वारेन्टाइनसम्म भोगेका थिए।

वर्ष २०२१ मा कोभिडको ठूलो खतराका बाबजुद पनि जापनले टोकियो ओलम्पिकलाई सफल रूपमा आयोजना गरको थियो। विशेषगरी विश्वभरिका खेलाडी जम्मा हुने हुनाले कोभिड सजिलै फैलन सक्ने आशंकाका कारण धेरैले ओलम्पिकलाई रद्द गर्न सुझाएका थिए।

कैयौं दिन होटेलमा एउटै कोठाबाट बस्नुपर्ने, निश्चित व्यक्तिलाई भेट्ने निश्चित ठाउँबाहेक अन्त जान नपाएका कारण कतिपय खेलाडी डिप्रेसनमा पनि गएका थिए।

प्रतियोगिता अवधिभर धेरै लामो समय ‘बायो स्योक्योर बबल’ अर्थात् निश्चित सुरक्षा घेरामा बस्नुपर्ने बाध्यता अझै पनि छ। प्रतियोगिता आयोजना शहर तथा खेलाडीमा कोभिड देखिएपछि यो वर्ष पनि कतिपय खेल अवरुद्ध भए, रद्द भए। तर कोभिडसँग जुध्दै बढ्नुबाहेक विकल्प नभएपछि यसलाई आत्मसाथ गर्दै विश्व खेलकुद पुरानै लयमा फर्कने क्रममा छ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको निरन्तरता

वर्ष २०२१ मा कोभिडको ठूलो खतराका बाबजुद पनि जापनले टोकियो ओलम्पिकलाई सफल रूपमा आयोजना गरको थियो। विशेषगरी विश्वभरिका खेलाडी जम्मा हुने हुनाले कोभिड सजिलै फैलन सक्ने आशंकाका कारण धेरैले ओलम्पिकलाई रद्द गर्न सुझाएका थिए।

तर जापानले उत्कृष्ट ढंगले ओलम्पिक सम्पन्न गर्दै कोभिडलाई परास्त गर्न सकिन्छ भन्ने सन्देश दिएको थियो। जसमा सर्वाधिक ३९ स्वर्ण जित्दै अमेरिका पदक तालिकामा पहिलो भएको थियो। ३८ स्वर्णसहित चीन दोस्रो र २७ स्वर्ण पाएको आयोजक जापान तेस्रो भयो।

ओलम्पिक जस्तै अघिल्लो वर्षबाट यो वर्ष सारिएको युरोकप फुटबललाई पहिलोपल्ट ११ देशले संयुक्त आयोजक बनेर सफल पारेका थिए। जसको फाइनलमा इंग्ल्याण्डलाई टाई ब्रेकरमा ३-२ ले हराउँदै इटलीले उपाधि जितेको थियो।

उता दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२१ को उपाधि भने अर्जेन्टिनाले जित्यो। फाइनलमा चिर प्रतिद्वन्द्वी बाज्रीललाई १-० ले हराउँदै अर्जेन्टिनाले सवार्धिक १५ पटक कोपा उपाधि जित्ने उरुग्वेको रेकर्ड बराबर गरेको थियो।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २८ वर्षपछि प्रमुख उपाधि जितेको थियो। फुटबलजस्तै क्रिकेटमा पनि टी-ट्वान्टी विश्वकप २०२० बाट नै यो वर्षका लागि सरेको थियो। भारतले कोभिडका कारण नै आयोजक भएर स्वदेशमा नभई यूएईमा आयोजना गरेको विश्वकप उपाधि अष्ट्रेलियाले जितेको थियो।

फाइनल हारेपछि यो पटक पनि न्यूजिल्याण्डको विश्वकप उपाधि सपना चकनाचुर हुँदा अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकप जित्दै आफ्नो ट्रफीको सूचीमा छुटेको यही एउटा उपाधिको कमी पूरा गरेको थियो।

आँशु र खुशीमा सकिएको मेस्सीको वर्ष

वर्ष २०२१ लाई सम्झिँदा खेलकुदमा छुटाउन नहुने नाम हो मेस्सी। यो एउटै वर्षमा नै मेस्सीको फुटबल करिअरकै सबैभन्दा सुखद् दिन पनि आयो र दुःखद् पनि।

आफूलाई जमिनबाट उठाएर विश्व स्टार बनाएको क्लब बार्सिलोनासँगको करिब २१ वर्ष लामो उनको सहकार्य यसै वर्ष टुट्यो। उनले अश्रुधारा बगाउँदै बार्सिलोना छाड्दा विश्वभरिका धेरै फुटबल समर्थक रोएका थिए।

तर यसै वर्ष नै आफ्नै कप्तानीमा देशको २८ वर्ष लामो उपाधि संकटको अन्त्य गर्न पाउँदा उनको खुशीको सीमा थिएन। कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई दिलाउन प्रमुख भूमिका खेलेका उनको करिअरमा खड्किएको राष्ट्रिय टिमको उपाधि पनि यसै वर्ष पूरा भयो।

त्यसैगरी वर्ष २०२१ मा बालोन डिओर उपाधि जित्दै सवार्धिक सात पटक यो उपाधि जित्ने रेकर्ड पनि उनले कायम गरेका थिए। सन् २०२१ मा

नेपाली खेलकुदः सफलता र विवादको वर्ष

ठ्याक्कै विश्व खेलकुदजस्तै २०२० भरि सुतेको नेपाली खेलकुदले पनि २०२१ मा उठ्ने प्रयास गर्‍यो। यो एक वर्षमा विस्तारै नेपालमा पनि साना ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइरहेका छन्। हालको नेपाली खेलकुदको चलायमान अवस्था हेर्दा पुरानै लय नजिक पुगेको भान हुन्छ।

वर्षका शुरुमा कोभिडका कारण नेपालमा पनि कतिपय खेल अवरुद्ध भए, प्रतियोगिताहरू रोकिए, सरकारले कोभिडका कारण खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएपछि यो क्षेत्र चुप थियो।

विस्तारै अनुकूलताअनुसार खेल गतिविधि अघि बढ्न थाल्यो। खेलाडीको ट्रेनिङसँगै राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुदमा सहभागिता बढ्न पुग्यो। फुटबल तथा क्रिकेटका अन्तराष्ट्रिय खेलहरू नेपालमा पनि शुरुमा बिनादर्शक नै खेलाइएको थियो।

हाल भने नेपालमा कोभिड प्रभाव खासै नभएकाले पूर्णदर्शकका साथ खेलहरू सञ्चालन भइरहेका छन्। क्रिकेट लिग, ईपीयल सफल रूपमा सम्पन्न भइसकेका छन् भने शहीद स्मारक ए डिभिजन लिग हाल सुचारु छ। देशैभरि स्थानीयस्तरमा भइरहेका खेलकुद गतिविधि र प्रतियोगिताहरू पनि असंख्य छन्।

प्रदर्शनको हिसाबले यो वर्ष नेपाली खेलकुदले केही राम्रा उपलब्धि हात पार्न सफल भयो। तर सधैंजसो ठूला विवाद र राजनीतिक प्रभावका कारणबाट आउने समस्याबाट भने अछुतो रहन सकेन।

यो वर्ष जापानमा आयोजना भएको ओलम्पिकमा पनि सधैंजसो नेपाली खेलाडीले जनाएको सहभागिता नै उपलब्धि थियो। भलिबलमा भर्खरै नेपाली महिला टिमले एशियन सेन्ट्रल जोन च्याम्पियनसिप उपाधि जित्यो। महिला टिमले लगातार दोस्रो संस्करणको उपाधि जित्दै इतिहास रच्न सफल भएको थियो।

फुटबलको लागि सफल वर्ष

यो वर्ष नेपाली फुटबलका लागि ऐतिहासिक वर्ष रह्यो। नेपाली फुटबल इतिहासकै ठूलो उपलब्धिका रूपमा नेपाल साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बन्न सफल भएको थियो।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको १३ औं संस्करणमा नेपालले २८ वर्षमा पहिलो पटक फाइनलसम्म पुग्ने इतिहास रचेको थियो। तर फाइनलमा भने चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएपछि उपाधि जित्नबाट भने वञ्चित बनेको थियो।

विशेषगरी कुवेती प्रशिक्षक अब्दुल्ला अलमुताइरीको आगमनले यो वर्ष नेपाली फुटबललाई थप चर्चामा पुर्‍यायो। यो एक वर्ष उनको प्रशिक्षणमा खेलेका खेलहरूमा फरक शैली र सुधारिएको प्रदर्शन गरेपछि नेपाली फुटबलको स्तर नै उकासियो। पहिलो पटक साफको फाइनलमा पुर्‍याएका उनी र नेपाली टिमबाट आगामी दिनमा धेरै आशा पनि गरिएको छ।

यो वर्ष नेपालले काठमाडौंमा नै आयोजना भएको थ्री नेसन्स् कप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि पनि जितेको थियो। नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टिमको सहभागिता रहेका प्रतियोगितामा फाइनलमा बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि उचालेको थियो।

विशेषगरी कुवेती प्रशिक्षक अब्दुल्ला अलमुताइरीको आगमनले यो वर्ष नेपाली फुटबललाई थप चर्चामा पुर्‍यायो। यो एक वर्ष उनको प्रशिक्षणमा खेलेका खेलहरूमा फरक शैली र सुधारिएको प्रदर्शन गरेपछि नेपाली फुटबलको स्तर नै उकासियो। पहिलो पटक साफको फाइनलमा पुर्‍याएका उनी र नेपाली टिमबाट आगामी दिनमा धेरै आशा पनि गरिएको छ।

तर २०२१ वर्ष एन्फाका पदाधिकारीसँगको विवाद र सामाजिक सञ्जालमा समर्थकसमक्ष राजीनामा दिने लगातारको घुर्कीका कारण उनी मैदानबाहिर पनि चर्चामा रहे।

विवादका बाबजुद पनि अन्ततः एन्फा उनलाई नेपाली फुटबलमा तीन वर्ष अनुबन्धित गर्न सफल भएको थियो।

आन्तरिक समस्यामा रनभुल्ल क्रिकेट

फुटबलभन्दा बढी विवादमा यो वर्ष नेपाली क्रिकेट रुमलिएको छ। वर्षको पूर्वारार्द्ध त सुखद् नै थियो जब प्रशिक्षकको रूपमा ठूलो नाम, डेभ वाटमोरलाई नेपालले पायो।

उनको अण्डरमा रहेर नेपालको कमजोर पक्ष ब्याटिङ सुध्रने संकेत शुरुमै मिलेको थियो। उनकै प्रशिक्षणमा नेपालमा नै आयोजना भएको नेदल्र्याण्डस् र मलेसियासमेत सहभागी ट्राई नेसन्स सिरिज उपाधि नेपालले जितेको थियो।

यसै प्रतियोगितामार्फत प्रशिक्षक वाटमोरले नेपालको कमजोरी रहेको ब्याटिङलाई नै प्रमुख हतियारका रूपमा परिणत गरेका थिए। जहाँ यो सिरिजका पाँच खेलमध्ये शुरुआती ब्याटिङ गरेका तीन खेलमा नेपालले २०० प्लसको स्कोर बनाएको थियो। यसै सिरिजबाट नेपाली क्रिकेटका दुई नयाँ सफल ओपनर कुशल भुर्तेल र आसिफ सेखको उदय पनि भयो।

तर करिब आठ महिना पनि नबसी उनी नेपाली क्रिकेटलाई चटक्क छाडेर गए। यसपछि नयाँ प्रशिक्षकको रूपमा नेपाललाई सन् २०१४ को विश्व कपसम्म पुर्‍याएका पुबुदु दासनायके भर्खरै नेपाल आइपुगेका छन्।

यसै वर्षदेखि नेपाली क्रिकेट बाट पारस युगको पनि अन्त्य भएको छ। पारसले यसै वर्ष क्रिकेटबाट लिएको अप्रत्याशित संन्यास नेपाली क्रिकेटको अर्को एउटा दुखःद् घटना थियो।

यता वर्षको उतरार्द्धमा क्यान र खेलाडी विवादले नेपाली क्रिकेटलाई नै संकटमा लगेको छ। वार्षिक सम्झौताका लागि गरको खेलाडी वर्गीकरणमा चित्त नबुझाएर मिडियामा बोलेको भन्दै क्यानले अनुशासन उल्लघंनको कारण देखाउँदै कप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाहीको निर्णय गर्‍यो।

क्यानभित्रको राननीति र गुटको खेल नै यो समस्याको प्रमुख कारण थियो।

क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान तथा उपकप्तानको पदबाट पदमुक्त गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दियो।
त्यस्तै चारै जना खेलाडीलाई सन् २०२२ को खेलाडी सम्झौतामा शुरुको ६ महिनाका लागि समावेश नगराउने निर्णय पनि गरेको छ।

यो कारबाहीपछि खेलाडीहरूले राष्ट्रिय टिममा सहभागी नहुनेसम्म बताइसकेका छन् भने यो विवादको अन्त्य नभए क्रिकेट नै समस्यामा पर्नसक्छ। तर यो विवाद छिट्टै समाधान हुने प्रशिक्षक पुबुदुले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved