कुमारी बैंकलाई दोस्रोपटक आयो सिस्टम ह्याक गर्ने चेतावनी

साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा सिस्टम ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख गरिएको छ।

नेपालभ्युज

कुमारी बैंकलाई दोस्रोपटक आयो सिस्टम ह्याक गर्ने चेतावनी

काठमाडौं। कुमारी बैंकलाई दोस्रो पटक सिस्टम ह्याक गर्ने चेतावनी आएको छ। ह्याकरको समूहले दोस्रो पटक कुमारी बैंकलाई सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो।

ह्याकरको समूहले बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो। साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा सिस्टम ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख गरिएको छ।

बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको छ।

प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको नेपाल राष्ट्र बैंकले जनाकारी दिएको छ।

राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि अलर्टमा राखेको छ। यसअघि गत साउनमा पनि ह्याकरले इमेल लेख्दै प्रणाली ह्याक गर्ने चेतावनी दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved