भारतमा २४ घण्टामा ९ हजार १९५ जना कोरोनाबाट संक्रमित

नेपालभ्युज

भारतमा २४ घण्टामा ९ हजार १९५ जना कोरोनाबाट संक्रमित

एजेन्सी। भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ९ हजार १९५ जना संक्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार यस्तो जानकारी दिएको हो।
संक्रमितमध्ये ७ सय ८१ जना ओमिक्रोन भेरियन्टका छन्। यसैसँगै भारतमा कूल कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख आठ हजार ८८६ पुगेको छ।
पछिल्लो २४ घण्टामा तीन सय २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८० हजार ५९२ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, गएको २४ घण्टामा भारतमा सात हजार ३४७ जना कोरोनाबाट मुक्त भएका छन्। भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ।

यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। हालसम्म एक अर्ब ३ करोड १५ लाख ३५ हजार ६४१ भन्दा बढी डोज खोप लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved