नेप्से परिसूचकमा २.६६ अंकले गिरावट

नेपालभ्युज

नेप्से परिसूचकमा २.६६ अंकले गिरावट

काठमाडौं। शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार सामान्य गिरावट आएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको नेप्सेमा सोमबार ६९ अंकले गिरावट आएको थियो। मंगलबार कारोबारको सुरुवातबाटै उच्च अंकले घटेको थियो।

आज दिनभर बजार उतारचढाव हुँदा कारोबारको अन्तमा आएर सामान्य गिरावट आएको छ। मंगलबार परिसूचक २.६६ अंकले घटरे २ हजार ५१८.९९ विन्दुमा ओरालो लागेको छ।

ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४७०.९८ अंकमा झरेको छ।

मंगलबार कारोबारमा आएका २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका २३० कम्पनी मध्ये आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ मूल्य गिरावट आएको छ।
नेप्से कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूह व्यापार, विकास बैंक, हाइड्रो पावर, फाइनान्स र अन्य उपसमूहमा हरियाली छाएको छ।  बाँकी सबै उपसमूहमा राताम्मे देखिएको छ।

आज बजार सामान्य गिरावट आए पनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved