भारतमा थप ६ हजार ३५८ जना कोरोना संक्रमित

नेपालभ्युज

भारतमा थप ६ हजार ३५८ जना कोरोना संक्रमित

एजेन्सी। भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

गत २४ घण्टामा थपिएका सङ्क्रमितहरुमध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।
यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ७५ हजार ४५६ रहेको छ।

गएको २४ घण्टामा भारतमा ६ हजार ४५० जना कोरोनाबाट मुक्त भएका छन्। सोही अवधिमा २९३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८० हजार २९० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ४२ करोड ४६ लाख ८१ हजार ७३६ भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved