सीके राउतको बन्दका कारण सिरहामा २ दिन निषेधाज्ञा

निषेधाज्ञा उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारबाही गर्ने सीडीओ कवारीले बताए।

सीके राउतको बन्दका कारण सिरहामा २ दिन निषेधाज्ञा

जनकपुरधाम। सिरहामा पुस १३ र १४ गते को लागि निषेधाज्ञा आदेश जारी गरिएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले केही दिनदेखि सिरहामा गरिरहेको बन्दका कारण सर्वसाधारणमा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले २ दिन निषेधाज्ञा आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९२० र ९३० बमोजिम विहान ५ बजे देखि बेलुका ७ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर-दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म र चोहर्वादेखि सिरहा सडक खण्डको पीके राज इन्टरप्राइजेज पेट्रोल पम्पसम्म तथा उक्त मार्गको ५०० मिटर पूर्व पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनाएका छन्।

निषेधाज्ञा उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारबाही गर्ने सीडीओ कवारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved