सुरक्षा निकायमा आत्महत्या बढ्दो, प्रहरीले बिस्तृत अध्ययन गर्ने

नेपालभ्युज

सुरक्षा निकायमा आत्महत्या बढ्दो, प्रहरीले बिस्तृत अध्ययन गर्ने

काठमाडौ‌ं। नेपाल प्रहरीले सुरक्षाकर्मीहरुमा बढ्दो आत्महत्याको क्रमलाई रोक्न बिस्तृत अध्ययन गरिने बताएको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक वसन्तबहादुर कुँवरले सुरक्षाकर्मीहरुले नै आत्महत्या गरिरहेको कारणलाई सम्बोधन गर्नेगरी बिस्तृत अध्ययन गरिने बताए।

उनले विगत ५ वर्ष यता कम्तिमा १३ जना विभिन्न तहका सुरक्षाकर्मीहरुले आत्महत्या गरिसकेको जानकारी प्राप्त। अधिकांश सुरक्षाकर्मीहरुको आत्महत्याको कारण डिप्रेसनका रहेको उनले बताए।

प्रवक्ता कुँवरले यस विषयलाई समाधान र सम्बोधन गर्न नेपाल पुलिसले मात्रै नसक्ने भएकोले केन्द्रिय सरकारदेखि प्रदेश र स्थानीय सरकारहरुको सहकार्यमा कारण खोजेर समस्या समाधान गर्ने बताए।

‘विगतको अवस्था भन्दा अहिलेको अवस्थामा मनोबल परिवर्तन भएको छ । आत्महत्याको कुरा जब यी कुरा आए। यी कुराहरु हुन्छन्, किनकि प्रहरी पनि यही समाजको व्यक्ति हो। सबै कुराहरुले उसलाई पनि असर गरेको हुन्छ। सुसाइडको डेटा पछिल्लो ५ महिनामा घट्यो त भन्यौँ। तर, असिमित रुपमा घटेको अवस्था छैन,’’प्रवक्ता कुँवरले भने,‘‘पारिवारिकदेखि लिएर मानसिकसम्म सुसाइडका विभिन्न कारणहरु हुन्छन्, । ती कारण पत्ता लगाएर समाधानतर्फ लाग्छौँ। समाधानका लागि सबै निकायसँग सहकार्य गर्न नेपाल प्रहरी तयार छ। यसलाई प्रहरीले अभियान चालेर मात्रै हुँदैन। केन्द्रदेखि स्थानीय तहसम्म सबैसँग समन्वय गरेर अघि बढ्नेछौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved