कैलालीमा एक किशोर र एक किशोरीको शव फेला

नेपालभ्युज

कैलालीमा एक किशोर र एक किशोरीको शव फेला
सांकेतिक तस्वीर।

धनगढी। कैलालीको गौरीगंगा नगरपालिका ३ जुनेली शिविरमा एक किशोर र एक किशोरीको शव फेला परेको छ। दुई सय मिटरको दूरीमा  किशोर र किशोरीको शव फेला परेको हो।

स्थानीय खुशीराम चौधरीकी १६ वर्षीया छोरी सञ्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम आइतबार साँझ मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सञ्जु आफ्नै घरभित्र दोपट्टाले झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जानकारी जोशीले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved