माओवादी केन्द्रको बन्दसत्र आजबाट शुरु हुँदै

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट शुुरु हुँदैछ।

नेपालभ्युज

माओवादी केन्द्रको बन्दसत्र आजबाट शुरु हुँदै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट शुुरु हुँदैछ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरू पेस गर्नेछन्। ती प्रतिवेदनहरूमा समूहगत छलफल हुने छ।

शुुरुमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेर प्रचारप्रसार गरेको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको हो। प्रस्ताव गर्न लागेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ।

एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ। आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved