आज माओवादीको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने

नेपालभ्युज

आज माओवादीको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को बन्दशत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा शुरु हुँदैछ। आइतबारदेखि शुरु माओवादीको आठौं राष्ट्रिय महाधिवेशअन्तर्गत आजदेखि शुरु हुने बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश गर्नेछन् ।

माओवादीको बन्दशत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि १५ पदाधिकारीसहित २९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। ३१ वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्ड नै अध्यक्षमा दोहोरिने पक्का देखिएको छ। महासचिव लगायतका केही पदमा भने प्रतिस्पर्धामा उत्रिने तयारी नेताहरुले गरिरहेकोमा पार्टीभित्र सहमतिको लागि प्रयास भइरहेको छ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलनको नाम दिएको माओवादीले शनिबार मात्रै त्यसलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। कमलादीस्थित हलमा नै बन्दशत्र आयोजना गरिने भए पनि हलको क्षमता भन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved