सिरहा सीके राउतका कार्यकर्ताले ट्रक जलाए, स्थिति तनावपूर्ण

नेपालभ्युज

सिरहा सीके राउतका कार्यकर्ताले ट्रक जलाए, स्थिति तनावपूर्ण

सिरहा । जिल्लाको चोहर्वामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले ट्रकमा आगजनी गरेका छन्। आमहड्तालको उल्लंघन गरेको भन्दै ट्रकमा आगो लगाएका हुन्।

आगलगीबाट ना ५ ख ५५२२ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ। प्रहरीले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। ट्रकमा आगो लगाएपछि राजमार्ग ठप्प भएको छ। आज बिहान आमहड्तालको उल्लंघन गरेको भन्दै राउतका कार्यकर्ताले मिर्चैया र गोलबजारमा दर्जनौं सवारी तोडफोड गरेका थिए।

आमहड्तालका कारण सिरहामा यातायात, शैक्षिक संस्था, उद्योग, कलकारखाना र बजार ठप्प हुँदा जनजीवन प्रभावित भएको छ। औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरूले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो।

पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रूपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलन घोषणा गर्ने जनमत पार्टीका नेता दीपेन्द्र यादवले चेतावनी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved