एसएसपी सुशील यादव क्वार्टरमै झुण्डिएको अवस्थामा मृत फेला

नेपालभ्युज

एसएसपी सुशील यादव क्वार्टरमै झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाल प्रहरीका एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमै झुण्डिएको अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले नेपालभ्यूजले जानकारी दिए।

प्रहरीले उनको मृत्युबारे अनुसन्धान शुरु गरेको जनाएको छ।

कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म उनी सामान्य अवस्थामा थिए। तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved