संसद बैठक बस्दै, बाहिर कडा सुरक्षा

प्रतिनिधिसभा बैठक आज बस्ने तयारी भइरहँदा सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको छ।

नेपालभ्युज

संसद बैठक बस्दै, बाहिर कडा सुरक्षा

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट पारित हुने आंकलन भइरहेको बेलामा संसद भवन बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रतिनिधिसभा बैठक आज बस्ने तयारी भइरहँदा सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको छ। यसअघिको संसद बैठक बसेको दिन संसद भवनअघि प्रदर्शन भएको थियो। आज पनि प्रदर्शन हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नक्साल हेडक्वार्टरमा कार्यरत सबैलाई चुस्ता (नीलो पोसाक) लगाएर बस्न आन्तरिक सूचना जारी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved