कांग्रेस संस्थापनइतर समूहको बैठक पुनः शुरु

नेपालभ्युज

कांग्रेस संस्थापनइतर समूहको बैठक पुनः शुरु

काठमाडौं। १४ औं महाधिवेशनका लागि साझा सभापति छान्ने कसरतमा लागेको नेपाली कांग्रेस संस्थापनइतर समूहको आजको दोस्रो बैठक केही बेरअघि नेता प्रकाशमानिसंह निवास चाक्सीबारीमा शुरु भएको छ।

अहिले दिउँसो तीन बजे बोलाइएको बैठक केही समय ढिलागरी बसेको हो।

बैठकमा नेता सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, शेखर कोइराला, रामशरण महत, महेश आचार्यलगायत नेताहरू उपस्थित छन्। आज बिहान पनि यो समूहको बैठक बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको थियो। उक्त बैठक कुनै निष्कर्षमा पुगेको थिएन।

यो बैठकअघि सभापतिका दाबेदार वरिष्ठ नेता पौडेलले महामन्त्री शशांक कोइराला र कृष्णप्रसाद सिटौलालाई भेटेका थिए। महाधिवेशनमा संस्थापनइतरबाट एकल उम्मेदवारीका लागि आफूलाई सहयोग गर्न भन्दै पौडेलले कोइरालालाई भेटेका हुन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved