एमाले महाधिवेशन

प्रस्तावित उपाध्यक्षसहित भूसालले पनि दिए उम्मेदवारी

नेपालभ्युज

प्रस्तावित उपाध्यक्षसहित भूसालले पनि दिए उम्मेदवारी

चितवन।  नेकपा एमालेको नयाँ नेतृत्वका लागि प्रस्तावित अध्यक्षसहित घनश्याम भूसालले पनि उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यराति महाधिवेशनको बन्द सत्रबाट १९ पदाधिकारी प्रस्ताव गरेका छन्। जसमा उनले उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई अघि सारेका छन् भने उपमहासविको सूचीमा प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङलाई प्रस्ताव गरेका थिए।

तर ओलीको उक्त प्रस्तावमाथि असमर्थन जनाएर भीम रावल र घनश्याम भूसालले उम्मेदवारी दर्ता गराएपछि प्रस्तावित पदाधिकारीले उम्मेदवारी दर्ता गराएका हुन्। रावलको उम्मेदवारीपछि ओलीले यसअघि अध्यक्षमा उम्मेदवारी दिइसकेका छन्।

यस्तै पदाधिकारीको सूचिमै नपरेपछि भीम आचार्यले पनि सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved