घनश्याम भूसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने

नेपालभ्युज

घनश्याम भूसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने

चितवन। उपमहासचिव घनश्याम भूसालले १० औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। भूसालले आज यसबारे जानकारी दिएका हुन्।

चितवनमा भइरहेको एमालेको महाधिवेशनको आज उद्घाटन सत्र सकिएको छ। भोलिदेखि बन्द सत्र शुरु हुँदै छ। यसबीचमा उपाध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी दिने उनी एक मात्र आकांक्षी देखिएका छन्। भूसालले यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा थियो।

एमालेको दशौं महाधिवेशनबाट चार जना उपाध्यक्ष पद सिर्जना गरिएको छ। वरिष्ठ उपाध्यक्षमा भने सुबास नेम्बाङ, रामबहादुर थापा ‘बादल’ को नाम चर्चामा छ।

भोलि हुने बन्द सत्रअघि एमाले निर्वाचन समितिले विभिन्न पदका लागि उम्मेदवारी दर्ता आह्वान गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved