सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी हुन् – गृहमन्त्री खाण

रासायनिक मलसम्बन्धी समस्या छिट्टै समाधान हुने आश्वासन

नेपालभ्युज

सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी हुन् – गृहमन्त्री खाण

रुपन्देही। गृहमन्त्री बालकृष्ण खाँडले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन्। नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाँडले बताए।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पूजापछि नेपाली कांग्रेसका नेता/कार्यकर्तासँगको भेटघाटमा सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएका बताए।

सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैंचालगायत स्थललाई ‘मेरो हो’ भन्दै जोगाएकाले आज पूरा देश जेगिन पुगेको गृहमन्त्री खाँडको भनाइ थियो।

मल समस्या चाँडै अन्त्य हुने आश्वासन

हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताएका छन्। रुपन्देहीको मर्चवारमा भएको कार्यकर्ता भेटघाटमा सरकारले कृषि र शिक्षालाई बढावा दिनेगरी काम गरिरहेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved