सर्वोच्चमा सुरक्षाकर्मीको घेरा, बार परिसरमा सर्‍यो कानून व्यवसायीको धर्ना

कानून व्यवसायीहरु आज पनि धर्नामा छन्। तर, उनीहरुको धर्ना स्थल भने परिवर्तन भएको छ।

नेपालभ्युज

सर्वोच्चमा सुरक्षाकर्मीको घेरा, बार परिसरमा सर्‍यो कानून व्यवसायीको धर्ना

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द् शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएशनसम्बद्ध कानून व्यवसायीहरु आज पनि धर्नामा छन्। तर, उनीहरुको धर्ना स्थल भने परिवर्तन भएको छ।

यसअघि, सर्वोच्च परिसरमा धर्नारत कानून व्यवसायीहरु आज बा परिसरमै धर्नामा रहेका छन्।

सर्वोच्चमा प्रहरीले घेरा हालेर आन्दोलनकारीलाई प्रवेश नदिएपछि वकिलहरु बार परिसरमा धर्नामा बसेका हुन्।

बिहीबार धर्नाका क्रममा धकेलाधकेल भएको र बार परिसरमा बाह्य घुसपैठ भएसँग आज सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। ठूलो संख्यामा हतियारसहितका प्रहरी परिचालित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved