कमला नदीमा डुबेर एकको मृत्यु

कात्तिक पूर्णिमा नुहाउन कमला नदी आएका क्षेत्रीको शुक्रबार बिहान डुबेर मृत्यु भएको हो।

नेपालभ्युज

सिरहा। सिरहाको कर्जन्हा नगरपालिका १ उत्तराहनीस्थित कमला नदीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका ५ बस्ने ३५ वर्षीय प्रदिप राय क्षेत्री रहेका इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षक पुरुषोत्तम सुवेदीले जानकारी दिए।

कात्तिक पूर्णिमा नुहाउन कमला नदी आएका क्षेत्रीको शुक्रबार बिहान डुबेर मृत्यु भएको हो।

मेलास्थल सुरक्षार्थ बन्दिपुरबाट खटिएका सुरक्षाकर्मीले स्थानीयको सहयोगमा क्षेत्रीको शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का उठाउने काम भएको छ।

मुचुल्का उठाई शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। कमला नदीको उत्तराहनीमा कात्तिक पूर्णिमाको अवसरमा भव्य भूत मेला लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved