प्रधानन्यायाधीशविरुद्ध नेपाल बार थप आक्रामक, राणा सम्मिलित कार्यक्रममा नजाने

नेपालभ्युज

प्रधानन्यायाधीशविरुद्ध नेपाल बार थप आक्रामक, राणा सम्मिलित कार्यक्रममा नजाने

काठमाडाैँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ। मंगलबार साँझ बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले आगामी शुक्रबार सम्मकोलाई आन्दोलनको कार्यक्रम थप गरेको हो।

आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। मंसीर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्चअदालतहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेलले मंसीर ३ गते संसदमा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापन पत्र बुझाउने जानकारी दिए। यस्तै नेपाल बारले प्रधानन्यायाधीश बिना संवैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले सम्म गरेका विवादित फैसला सम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णय गरेको छ। नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनैतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ।

यस प्रकारको भ्रामक समाचारको विश्वास नगर्न आग्रह गरेको छ साथै सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्ध सैनिक बल प्रवेश गराई विरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ।

नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ। यस्तै न्यायपरिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एसोसियसनले अनुरोध गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved