सर्वोच्चमा नेपाल बारको नाराः ‘विचौलियाका नाइके कुर्सी छोड’

सोही क्रममा प्रहरी र वकिलहरुबीच ठेलमठेलको वातावरण समेत बनेको थियो। बारमा संगठित वकिलहरुले सर्वोच्च परिसरमा जबराविरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।

नेपालभ्युज

सर्वोच्चमा नेपाल बारको नाराः ‘विचौलियाका नाइके कुर्सी छोड’

काठमाडौं। नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको धर्नालाई आज पनि जारी राखेको छ। बार भवनबाट वकिलहरु नाराबाजी गर्दै सर्वोच्च भवन परिसरमा छिरेका छन्।

सोही क्रममा प्रहरी र वकिलहरुबीच ठेलमठेलको वातावरण समेत बनेको थियो। बारमा संगठित वकिलहरुले सर्वोच्च परिसरमा जबराविरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।

वकिलहरुले जबरालाई विचौलियाहरुको नाइके भन्दै अदालत छाडेर जान चेतावनी समेत दिएका छन्। उनीहरुले प्रदर्शनका क्रममा ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै नाराबाजी गरेका छन्।

बारले जबराले प्रधानन्यायाधीश पदबाट राजीनामा नदिएसम्म धर्नालाई जारी राख्ने बताएको छ। बारको आन्दोलनलाई मौन समर्थन गर्दै १९ जना न्यायाधीशहरुले पनि इजलास बहिस्कार गर्दै आएका थिए।

तर, सोमबारदेखि न्यायाधीशहरुको समूहमा विभाजन आएको छ। इजलास नबस्ने घोषणा गरेका ५ न्यायाधीश फेरि इजलास फर्कने पक्षमा भएपछि न्यायाधीशबीच फटो आएको देखिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved