छठ लाग्यो मधेशमा (फोटो फिचर)

बजारमा पूजा सामग्री किन्नेबेच्नेको अत्यधिक भीड

छठ लाग्यो मधेशमा (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधामसहित तराईमा छठ पर्वको तयारी तीव्रसाथ हुँदै छ। मठमन्दिर र पोखरीहरूमा चहलपहल शुरु भइसकेको छ।

कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट विधिवत् रूपमा शुरु हुने छठ सप्तमी तिथिका दिनको बिहानसम्म गरी चार दिन मनाइन्छ।

तराई–मधेशमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दूको मुख्य पर्व नै छठ पूजा हो। यसपटक छठ पूजाको मुख्य दिन २४ कात्तिकमा परेको छ। विधिवित् रूपमा भने भने सोमबारदेखि नै छठ पर्वको रौनक शुरु भइसकेको छ।

पूजा हुने स्थानमा घाट सजावट र रंगरोगनका काम भइरहेका छन्। साथै पूजा गर्ने पोखरी र नदी किनारमा सरसफाइ गरी झिलिमिली बनाइएको छ।

बजारमा पूजाको सामग्री किन्ने र बेच्नेको पनि अत्यधिक भीडभाड बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved