सल्यान बस दुर्घटना अपडेट – मृतकको संख्या १२ पुग्यो

नेपालभ्युज

सल्यान बस दुर्घटना अपडेट – मृतकको संख्या १२ पुग्यो

सल्यान। सल्यानमा भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान जानेको संख्या १२ पुगेको छ। सल्यानको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा आइतवार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेमा सल्यानको शारदा नगरपालिका १२ अहिले दाङको तुलसीपुर उपमहानगरपालिका ६ की ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका २ की ६१ वर्षीया मीना डाँगी छन्। यस्तै शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दाङको बबई गाउँपालिका ४ की ६० वर्षीया डुली रेउले, बबई ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली छन्। यस्तै दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्री केसी र दाङ कोरवाङका पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ।

बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ। घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा ज्यान गएको हो। बसका चालक भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। बस सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved