जनकपुर। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरस्थित खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई भ्रष्टाचारको आरोपमा कालोमोसो र हिलो दली नगर परिक्रमा गराएको छ।
खानेपानी कार्यालयमा आर्थिक हिनामिनता एवं भ्रष्टाचार भएको आरोपमा जनमत पार्टीले जनकारबाही गरिएको जनमत पार्टीका नेता इन्द्रजित यादबले बताए।
कार्यकर्ताहरूले ”जनताले के भन्छ – भ्रष्टाचारीलाई जेल दे भन्छ। होशियार अख्तियार ! भ्रष्ट्राचारी छाड्न पाइँदैन, भ्रष्ट मेयर र प्रदेश सरकार चाहिँदैन,” जस्ता नारा लगाएका थिए।
जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर शाह र प्रदेश सरकारविरुद्ध पनि नाराबाजी गरेकोमा मेयर भागेर लुकेको बताइएको छ।
अख्तियारले प्रदेश दुईको मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीको माग गर्दै अख्तियारको बर्दिबास्थित कार्यालय अगाडि प्रदर्शन गरेको थियो।

Facebook Comment
Comment