सीता भण्डारी मृत्यु प्रकरण : पतिसहित तीनजना कारागार चलान

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमजु दिदी विष्णु पौड्याललाई पूर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

सीता भण्डारी मृत्यु प्रकरण : पतिसहित तीनजना कारागार चलान

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारी मृत्यु प्रकरणमा समातिएका तीन जना आरोपी पूर्पक्षका लागि जेल चलान भएका छन्।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमजु दिदी विष्णु पौड्याललाई पूर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि आएको अदालतको आदेशअनुसार तीनै जनालाई पूर्पक्षको लागि कारागार पठाइएको हो ।

तिलोत्तमा ५ की भण्डारी गत २० भदौमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवललले अनुसन्धान गरेको थियो ।

अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो।

तर प्रहरीको निष्कर्ष मान्य नभएको भन्दै मृतकका माइती तथा स्थानीय निरन्तर आन्दोलनमा छन् । उनीहरुले सीताको हत्या भएको दाबी गर्दै सत्यतथ्य पत्ता लगाउन माग राखेका छन्। मृत्यु भएको एक महिनासम्म पनि सीताको शव उठेको छैन।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved