सांसदका पिएका लागि महिनाको १ करोड ४३ लाख खर्च

सांसदहरूलाई दिइएन दशैैँ भत्ता

नेपालभ्युज

सांसदका पिएका लागि महिनाको १ करोड ४३ लाख खर्च
फाइल तस्वीर

काठमाडौँ। यस वर्ष संघीय संसद्का सदस्यहरूलाई दशैँँ भत्ता नदिइने भएको छ। गत वर्ष दशैं भत्ता दिँदा विवाद भएपछि यस वर्ष नदिइएको हो। प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले दसैँ भत्ता नदिइएको हो।

मंगलबार सांसदहरूको खातामा असोज महिनाको मात्र तलब भत्ता पठाइएको संघीय संसद सचिवालयले जनाएको छ।

सचिवालयका एक अधिकारीले भने ‘गत वर्ष दशैं भत्ता दिँदा विवाद भयो। यसवर्ष विवाद नहोस् भनेर दिइएको छैन। तर मन्त्रिपरिषद्ले सांसदहरूलाई दसैँ भत्ता दिने वा नदिने भनी कुनै निर्णय गरेको छैन।’

संसद सचिवालयका अनुसार असोज महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ। सांसदका पिएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved