सत्तारुढ गठबन्धनको कार्यदलले मन्त्रालय भागबन्डामा सहमति जुटाउन सकेन

नेपालभ्युज

सत्तारुढ गठबन्धनको कार्यदलले मन्त्रालय भागबन्डामा सहमति जुटाउन सकेन
फाइल फोटो

काठमाडौँ। सत्तारुढ गठबन्धनको कार्यदल दोस्रो पटक बसेको बैठकले पनि मन्त्रालय भागबन्डामा सहमति जुटाउन सकेन। सरकार बनेको ८१ दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि कार्यदलको तहमा छलफलको सुरुवात भएपनि सहमति जुटाउन नसकेको हो।

आइतबार साँझ बसेको बैठकले सहमतिका लागि फेरि छलफल गर्ने निष्कर्ष निकालेको नेताहरूले बताए। सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै ८१ दिन बितिसकेको छ। तर पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
एक नेताले भने ‘‘पावरफूल मन्त्रालयमा कुरा मिल्न सकेको छैन। रक्षा र सञ्चारमा कांग्रेसको दाबी  छ।’’

सञ्चारमा कांग्रेस माओवादी र नेकपा (एकीकृत समाजवादी)का समेत दाबी छ। अर्कोतर्फ संसदमा सांसदको सदस्य सख्याको आधारमा मन्त्रालय बाँडफाँड हुनुपर्ने कांग्रेसको प्रस्ताव छ। जसमा जनता समाजवादी पार्टी र नेकपा एसले असहमति जनाएका छन्।

अर्कोतर्फ संसदमा नभएका दुई जानलाई मन्त्री बनाउने चर्चा छ। त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र नेकपा एसको कोटा छुट्टाएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताइन्छ।

बैठकमा सहभागी एक नेताले भने ‘‘ मन्त्री भागबन्डाका लागि कार्यदलबाट सहमतिको ड्राफ्ट गठबन्धनका शीर्ष नेतालाई बुझाउने छौँ। त्यसपछि शीर्ष नेता बसेर मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved