सुजित मैनालीको ‘सती’ बजारमा

नेपालभ्युज

सुजित मैनालीको ‘सती’ बजारमा

काठमाडौं। इतिहासका तथ्यलाई आधार बनाउने लेखक सुजित मैनालीको दोस्रो पुस्तक ‘सतीः इतिहास र मीमांसा’ सार्वजनिक भएको छ। पुस्तकको प्रकाशक संस्था ‘किताब पब्लिशर्स’ले पुस्तक बजारमा पठाइएको जानकारी गराएको छ।

नेपालमा कुनै बेला प्रचलनमा रहेको सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैाज्ञनिक पाटोबारे पुस्तकले विस्तृत वर्णन गरेको जनाइएको छ।

‘इतिहास र यसको लैंगिक पाटो बुझ्न सके मात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ। खासमा यही अनुभूतिले मलाई किताब लेख्न प्रेरित गर्‍यो’, पुस्तकमा मैनालीले लेखेका छन्।

लेखकका अनुसार सात वर्षजति नेपाल र भारतमा प्रचलनमा रहेको सतीप्रथाबारे गरिएको निचोडको रूपमा पुस्तक तयार भएको हो।

पुस्तक परिचय र परिशिष्ट बाहेक आठ अध्यायमा पुस्तक विभाजित छ। ती अध्यायमा सतीबारेका मूल मन्थन, नेपालको अभ्यास, सत्ताप्राप्तिमा सतीप्रथाको भूमिका र यसको उन्मूलनका कारणबारे चर्चा गरिएको छ।

४२ वटा परिशिष्टमा सतीप्रथासँग सम्बन्धित किंवदन्ती, अनुश्रुति र अभिलेखहरू समेटिएका छन्। लेखकले पुस्तक लेखनका क्रममा प्रकाशित पुस्तक र लेखबाहेक अप्रकाशित स्रोत, शिलालेख, इस्तियार, लिखत तथा स्थलगत र अन्तर्वार्ताहरू प्रयोग गरिएको लेखकले उल्लेख गरेका छन्।

लेखक मैनालीको यो दोस्रो पुस्तक हो। यसअघि २०७६ सालमा उनको ‘शिलान्यासः नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved