कक्षा १२ को परीक्षा आजदेखि शुरु (फोटो फिचर)

कक्षा १२ को परीक्षा आजदेखि शुरु (फोटो फिचर)

काठमाडौं । पटक पटक मिति तय भएर रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ। बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। यो पटकको परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

विद्यार्थीलाई आफूले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिन पाइने व्यवस्था बोर्डले मिलाएको छ। देशभर चार हजार तीन सय १५ वटा परीक्षा केन्द्र तोकिएका छन्। विद्यार्थीको उत्तर पुस्तिका संकलन गरी बोर्ड आफैंले जाँच गर्नेछ।

कोरोना महामारी र पटक पटक भएका लकडाउनका कारण परीक्षा प्रभावित हुँदै आएको थियो। सहभागी परीक्षार्थीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डमा रहेका परीक्षा दिनुपर्ने नियम बनाएको छ।

तर आज पहिलो दिनको परीक्षा चलिरहँदा अधिकांश परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको भने पाइएन। काठमाडौंको पशुपति बहुमुखी क्याम्पसमा परीक्षा दिनआएका अधिकांश विद्यार्थीहरूले स्वास्थ्यको मापदण्ड पालना गरेको देखिएको थिएन।

यहाँ आजको परीक्षामा पाँच सय ३७ जना परीक्षार्थीले सहभागिता जनाएका थिए। केन्द्रमा सेनिटाइजरको व्यवस्था गरिए पनि धेरैले त्यसको प्रयोग गरेका थिएनन्। भौतिक दूरीसमेत कायम नभएको देखिएको थियो।

१२ को परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ। यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो। यसअघि वैशाखमा परीक्षा गर्ने पनि तयारी भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved