पशुपतिमा तीजको रमझम (फोटो फिचर)

सिमसिम पानी परिरहेको भए पनि तीजको व्रत बसेका तथा अन्य महिलाहरुको पशुपतिमा बिहानैदेखि ठूलो संख्यामा उपस्थिति रहेको छ।

पशुपतिमा तीजको रमझम (फोटो फिचर)

काठमाडौं। आज हरितालिका तीज। सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव-पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ।

तीजको अवसरमा आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। कोरोना महामारीका कारण मुख्य मन्दिर बन्द रहे पनि मन्दिर परिसरमा धेरै संख्यामा महिलाहरुको उपस्थिति रहेको छ।

सिमसिम पानी परिरहेको भए पनि तीजको व्रत बसेका तथा अन्य महिलाहरुको पशुपतिमा बिहानैदेखि ठूलो संख्यामा उपस्थिति रहेको हो। आजको दिन महिलाहरुले शिव-पार्वतीको नाममा व्रत बस्ने गर्दछन्।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले तीज पर्वले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्दै शुभकामना दिएकी छन्।

हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै भण्डारीले तीज पर्वले चेली-माइती, साथीसङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved