काठमाडौं । रेशम चौधरीको उम्मेदवारी खारेज भएसँगै बर्दिया क्षेत्र नं २ बाट नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व गर्दै लालवीर चौधरीले चुनाव लड्ने भएका छन् ।नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमका पिता लालवीरले बर्दिषा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
लालवीर चौधरीलाई ‘ब्याकप उम्मेदवार’को रुपमा मनोनयन दर्ता गराइएको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।
उनले भने ‘हाम्रो देशको न्याय प्रणाली एकदमै विभेद्कारी छ। रेशमजीको उम्मेदवारी खारेज हुनसक्ने आँकलन गरेरै हामीले ब्याकअप उम्मेदवार उठाएका थियौं। उहाँको बुबासमेत रहनुभएका लालवीर चौधरीले अब नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व जनाउनुहुनेछ ।’
अघिल्लो निर्वाचनमा नेकपा एमाले कैलाली १ (क) बाट उम्मेदवारी दिएका उनी तत्कालीन राष्ट्रिय जनता पार्टीका कृष्णकुमार चौधरीसँग पराजित भएका थिए ।
Facebook Comment
Comment